Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:३४ बिहान
- ADVERTISEMENT -

चितवनका पाँच पालिकामा मतगणना जारी

प्रकाशित मिति: २०७९ वैशाख ३१, शनिबार

596
Shares

चितवन, शनिबार, ३१ वैशाख २०७९ । स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ ।

सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकामा ७४.८६ प्रतिशत, खैरहनी नगरपालिकामा ७४.२५ प्रतिशत, राप्ती नगरपालिकामा ७३ प्रतिशत, माडी नगरपालिकामा ७२.३७ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ७६.८० प्रतिशत मत खसेको कार्कीले जानकारी दिनुभयो ।

भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, राप्तीमा ४० हजार ६४९, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।

तीन पालिकामा एमालेको अग्रता

भरतपुर र रत्ननगरबाहेक सबै पालिकामा अहिले मतगणना जारी छ । भरतपुर र रत्ननगरमा मतगणनाको तयारी हुँदै छ । राप्ती, माडी र इच्छाकामनामा एमालेले अग्रता लिएको छ । खैरहनी र कालिकामा कांग्रेसले अग्रता लिएको छ ।

राप्ती–६ मा ८०० मत गन्दा मेयरका उमेदवार एमालेका गोविन्द्र प्रसाद कँडेलले ४४२ र गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन् । उपमेयरका उमेदवार एमालेकी मेनुका पाठकले ४७२ र कांग्रेसका देवेन्द्र लामाले २९३ मत ल्याएका छन् ।

माडी–१ मा ६०० मत गन्दा मेयरका उमेदवार एमालेकी ताराकाजी महतोले २७१ र माओवादी केन्द्रका ऋषी काफ्लेले २४१ मत प्राप्त गरेका छन् । उपमेयरका उमेदवार कांग्रेसका खेम महतोले २३१ र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले १८४ मत ल्याएका छन् ।

कालिका–१ मा ३०० मत गन्दा मेयरमा एमालेका विनोद रेग्मीले ११९ र कांग्रेसका शिवराम केसीले १२१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी बिमला लामाले ११९ र माओवादीकी सविता लामाले ११४ मत ल्याएका छन् । खैरहनी–२ मा ४०० मत गन्दा मेयरका उमेदवार कांग्रेसका शशी खनियाले २७१ र एमालेका लालमणी चौधरीले ८७ मत ल्याएका छन् ।

इच्छाकामना–१ मा ६०० मत गन्दा अध्यक्षमा एमालेका दान बहादुर गुरुङले २८४ र कांग्रेसकी गीता गुरुङले २६० मत ल्याएकी छन् । उपाध्यक्षमा एमालेकी माया सिलवालले २९२ मत र माओवादीका प्रताप गुरुङले २६५ मत प्राप्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -