ललितपुर, शनिबार, ३१ वैशाख २०७९ । ललितपुरको गोदावरी नगरपालिकामा जारी मतगणना अनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन ५८२ मतसहित अग्रस्थानमा छन् । यस्तै नेकपा एमालेका उम्मेदवार गम्भीरबहादुर राना ४१९ मतसहित दोस्रो स्थानमा छन् ।
उपमेयरमा कांग्रेसकी मुना अधिकारी ५८४ मतसहित अगाडि छिन् । एमालेकी रमी प्रधानांग ४११ मतसहित दोस्रो स्थानमा छिन् ।
गोदावरी नगरपालिकाको कुल जनसंख्या १,००,९७२ रहेको छ भने कुल मतदाता संख्या ५४,३९९ रहेको छ । जसमा २६,६२९ पुरुष र २७,७६९ महिला रहेका छन् । यस नगरपालिकामा १४ वडा छन् ।








































