Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
५:२७:५२ बेलुका
- ADVERTISEMENT -

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकियो

प्रकाशित मिति: २०७९ वैशाख ३०, शुक्रबार

493
Shares

गोरखा, शुक्रबार, ३० वैशाख २०७९ । उत्तरी गोरखाका चार केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिका वडा १ र वडा नं. ४ का चार मतदान केन्द्रमा मतदान सकिएको स्थानीयबासीले बताएका छन् ।

वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा ७४ मत खसेको बताइएको छ । त्यस्तै वडा नं. ४ को नाम्रुङगुम्बा मतदानकेन्द्रमा रहेका ८२ मतदाता मध्य ७५ मत खसेको स्थानीय छिरिङ लामाले जानकारी दिनु भयो । ‘अरु बाँकी मतदाता नआउने निश्चित भएको छ’, उहाँले भन्नुभयो, ‘मतपेटिका बाँध्ने तयारी गरिएको छ ।’

त्यस्तै, १०५ जना मतदाता रहेको सोही वडाको हिमचुली प्रावि मतदानकेन्द्र छाकको पनि मतदान कार्य सम्पन्न भएको छ । त्यहाँ ३० महिला र २८ पुरुष गरी ५८ मत खसेको स्थानीय पेमा लामाले जानकारी दिएका छन् ।

सोही वडा अन्तर्गत १८२ मतदाता रहेको वुद्ध आधारभूत मतदानकेन्द्रको पनि मतदान सकिएको छ । त्यहाँ जम्मा ५५ महिला र ६५ पुरुष गरी एकसय २० मत खसेको उहाँले बताउनु भयो ।

मतदान कार्य सम्पन्न भए पनि औपचारिक घोषणा गर्न पाँच बजेसम्म कुर्नुपर्ने उनीहरुले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -