Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:५० बिहान
- ADVERTISEMENT -

काठमाडौंका सडक सुनसान, पासविनाका सवारी दिनभर ‘होल्ड’ गरेर राखिने

प्रकाशित मिति: २०७९ वैशाख ३०, शुक्रबार

461
Shares

काठमाडौं, शुक्रबार, ३० वैशाख २०७९ । मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक आज भने सुनसान देखिएका छन् ।

आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउन पाइँदैन। यो बीचमा पासविनाका सवारी चलाएको खण्डमा दिनभर होल्ड गरेर राखिनेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहानैदेखि पास विनाका सवारी साधन होल्ड गरेर राखिएको छ । मुख्य सडकमा ट्राफिक प्रहरी, जनपद प्रहरी र म्यादी प्रहरीले सवारी चेकजाँच गरिरहेका छन् । पासविना चलाइएका सवारीलाई त्यही होल्ड गरेर राखिएको छ ।

आपतलीन प्रयोजनमा प्रयोग हुने एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाडी निर्वाध रुपमा चलिरहेका छन् ।

त्यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु पर्दैन ।

अन्य अत्यावश्यक सेवाका सवारीसाधनका लागि सवारी पासको व्यवस्था गरिएको छ । नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मी र उनीहरूेले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक पर्दैन । तर, प्रेस पास नभएका सञ्चारकर्मीले भने जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -