Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:५७:०३ बिहान
- ADVERTISEMENT -

दोस्रो स्थानीय तह निर्वाचनको मतदान सुरु

प्रकाशित मिति: २०७९ वैशाख ३०, शुक्रबार

532
Shares

काठमाडौँ, शुक्रबार, ३० वैशाख २०७९ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार बिहान नै मतदाताहरूका मोबाइलमा मतदानमा सरिक हुन सन्देश पठाएर उत्प्रेरित गरिसक्नु भएको छ ।

देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गर्दै प्रमुख आयुक्त थपलियाले सन्देशमा भन्नु भएको छ, ‘‘आज वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्नु हुन म सम्पूर्ण मतदाताहरूलाई हार्दिक अपिल गर्दछु ।’’

करोड ७७ लाख ३३ हजार मतदाताले मताधिकार प्रयोग गर्दै

देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दाङको तुलसीपुर नगरपालिकाको वडा नं. १७ मा समेत जेठ ३ गते नै मतदान हुनेछ ।

महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका प्रत्यासी शुभावती कुर्मीको र दाङको वडा नं. १७ का वडा अध्यक्ष पदका प्रत्यासी लभरु चौधरीको निधन हुँदा दुवै स्थानमा जेठ ३ गतेका लागि मतदान सारिएको आयोगले जनाएको छ ।

करिब डेढ लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा

कतिपय मतदान स्थलमा बिहानदेखि नै मतदाताको चहल पहल देखिएको छ । दिउँदो घाम लाग्ने र कतिपय ठाउँमा पानी पर्ने भएकाले पनि मतदाता बिहानबाटै लाममा लागेका हुन् ।

निर्वाचन आयोगका अनुसार, स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।

निर्वाचनको क्रममा ३९० जना निर्विरोध निर्वाचित भएका छन् । १७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं. १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन । एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ८२ हजार १० पुरुष तथा १८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।

एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । आयोगले वैशाख २९ गते १८ वर्ष उमेर पूरा भएका करिब २३ हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचन २०७४ को अपेक्षा करिब ३६ लाख मतदाता थपिएका छन् । निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -