काठमाडौं, शुक्रबार, ३० वैशाख २०७९ । गृहमन्त्री बालकृष्ण खाणले मतदान गर्नु भएको छ । उहाँले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गर्नु भएको हो ।
खाण मतदानका लागि बिहीबार नै पुग्नु भएको उहाँको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।








































