Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२७:३५ बिहान
- ADVERTISEMENT -

सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री

प्रकाशित मिति: २०७९ वैशाख २८, बुधबार

592
Shares

काठमाडौँ, बुधबार, २८ वैशाख २०७९ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले “मतदान अधिकृत र सामग्री नपुगेको कतैबाट जानकारी नआएकाले निर्वाचन कार्यक्रमबमोजिम मङ्गलबार नै मतदान केन्द्रसँग सम्बन्धित काम अगाडि बढेको” जानकारी दिनुभयो । आयोगको कार्यक्रमबमोजिम वैशाख २७ गते २१ हजार ९५५ वटै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसक्नु पर्नेछ । देशभरका मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन हुनेछन् ।

मौन अवधि मङ्गलबार मध्यरातिबाट सुरु भएको छ । त्यसअघि मतदान अधिकृतले सोही दिन मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्नेसहित पाँचवटा अनुसूचीबमोजिमको गतिविधिलाई पूर्णता दिएका छन् । निर्देशिका अनुसार मतदान केन्द्र÷मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको, प्रचारप्रसार गर्न निषेध गरेको, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग नगर्ने

तथा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सहायक निर्वाचन अधिकृत गणेश पौडेलले पालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा पाँचवटै सूचना जारी गरी बुधबार सर्वपक्षीय बैठकको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा कार्यक्रम गरिने बताउनुभयो ।

काठमाडौँसहित सुगम मतदान स्थलमा भने निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार मात्रै मतपत्र पु-याइनेछ । आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “काठमाडौँसहित अन्य सुगम मतदान केन्द्रमा समेत बिहीबार मात्रै मतपत्र लगिनेछ ।”

छाङ्रु, तिङ्कर र दुम्लिङ पुगे मतदान अधिकृत मतदान केन्द्र पुग्न सबैभन्दा कठिन मानिएको दार्चुलाको व्यास गाउँपालिका अन्तर्गत सबै मतदान केन्द्रमा मतदान अधिकृत मतदान सामग्री लिएर पुगेका छन् । व्यास गाउँपालिकाका निर्वाचन अधिकृत कौशल ज्ञवालीले छाङ्रु र तिङ्करस्थित मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट सोमबार नै मतदान अधिकृत र सामग्री पु¥याइएको जानकारी दिनुभयो ।

“पैदल हिँडेर पुग्नुपर्ने दुम्लिङ केन्द्रमा समेत मङ्गलबार राति ९ बजे मतदान अधिकृत सामग्री लिएर पुगेका छन्,” उहाँले थप्नुभयो । व्यास गाउँपालिकाको केन्द्रबाट छ घण्टा पैदल हिँडेर मतदान अधिकृतसहितको टोली दुम्लिङसम्मको यात्रा तय गरेको निर्वाचन अधिकृत ज्ञवालीले बताउनुभयो । सात हजार ८०४ मतदाता रहेको व्यास गाउँपालिका अन्तर्गत ११ मतदान स्थलमा १३ वटा केन्द्र तोकिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता रहेका सबै मतदान केन्द्रमा मतदान हुने प्रस्ट्याउनुभएको छ । कालापानी र लिम्पियाधुरामा मतदान हुन्छ त ? भन्ने जिज्ञासामा प्रमुख आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका छ हजार ७४३ वडाको मतदाता नामावलीमा नाम हुने सबै केन्द्रमा आयोगले मतदान हुने गरी व्यवस्था गरेको जानकारी दिनुभयो । निर्वाचन अधिकृत ज्ञवालीले सबै मतदान केन्द्रमा मतदान अधिकृत, मतपत्र र मतपेटिकासहित ५७ प्रकारका सामग्री पुगेको प्रस्ट्याउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -