Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०६:५२ दिउँसो
- ADVERTISEMENT -

स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने

प्रकाशित मिति: २०७९ वैशाख २८, बुधबार

522
Shares

काठमाडौं, २८ वैशाख २०७९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ । आयोगले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिएको छ । निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन् ।

निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने दलबाट ३ सय ५५ र स्वतन्त्रबाट ३५ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचनमा २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट मतदान गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

त्यस्तै उनले केहि मन्त्रीहरूले मात्र आयोगको स्वीकृति लिएर जिल्लामा गएको भन्दै स्वीकृति नलिई गएका मन्त्रीहरूलाई स्पष्टीकरण सोधिने बताए । वैशाख ३० गते स्थानीय तहको निर्वाचन मुलुकभर एकै पटक हुँदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -