Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५७:०३ बिहान
- ADVERTISEMENT -

नेपालले जित्यो जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय सिरिज

प्रकाशित मिति: २०७९ वैशाख २६, सोमबार

492
Shares

काठमाडौं, २६ वैशाख २०७९ । युवा ब्याटर कुशल भुर्तेल र पहिलोपटक सिनियर टोलीबाट खेलेका बलर किशोर महत्तोको उत्कृष्ट प्रदर्शनमा नेपालले जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम तथा निर्णायक खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-१ ले जितेको हो ।

जिम्बावे ‘ए’ले दिएको २१४ रनको मध्यम लक्ष्य नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि ओपनर भुर्तेलले अर्धशतकिय पारी खेले । उनले ६१ बलमा ७ चौका र ४ छक्काको मद्धतमा ८४ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक पारी खेल्दै ६० रनमा अविजित रहँदा विनोद भण्डारीले २८ रन जोडे।

त्यस्तै, अर्का ओपनर आसिश शेखले २९ रन बनाउँदा सुनिल धमला भने ६ रनमै आउट भए । रोहित पौडेल भने डक आउट भए ।

जिम्बावे ‘ए’का लागि ब्रान्डन मावुताले तीन विकेट लिए । ब्राड इभान्सको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बावे ‘ए’ले ३२.१ ओभरमा १० विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

जिम्बावे एका लागि ओपनर तडिवानासे मरुमणिले अर्धशतकिय पारी खेले । उनले ५० रनको योगदान गरे ।अर्का ओपनर इनोसेन्ट कैया १२ रनमै आउट भए । कुडजाइ मौन्जेले ३९ रन, जोनाथन क्याम्पबेलले ३ रन, केफास झुवाओले १६ रन, रोय काइयाले ३६ रन, टोनी मुन्योंगाले २० रन, ब्राड इभान्सले ७ रन, लुक जोंगवेले १९ रन, ब्रान्डन मावुताले ६ रन जोडे ।

नेपालका लागि किशोर महत्तोले एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई विकेट लिँदा करन केसी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

पहिलो खेलमा जिम्बाब्बे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो । ३३ ओभरमा घटाइएको अन्तिम खेलमा समेत जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो । गएराति वर्षाका कारण तोकिएको समयमा मैदान खेल्नयोग्य नहुँदा खेलकाे ओभर घटाइएको थियो ।

यसअघि जिम्बावे ‘ए’ र नेपालबीच भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले घरेलु मैदानमा टेष्ट राष्ट्र जिम्बावेका अधिकांश खेलाडी समेटिएका ‘ए’ टोलीसँग अभ्यास गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -