Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२६:४० बिहान
- ADVERTISEMENT -

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

प्रकाशित मिति: २०७९ वैशाख २६, सोमबार

407
Shares

काठमाडौं, सोमबार, २६ वैशाख २०७९ । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ।

युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व शान्तिको कामना गर्दै आरोहणका लागि क्याम्प २ पुगेका छन् । दुवै क्याम्प १ बाट क्याम्प २ मा पुगेर संयुक्त अभ्याससमेत गरिरहेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४४ पुरुष गरी कुल ३१७ जनाले आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ६८ लाख ५१ हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

अघिल्लो वर्ष सन् २०२१ को वसन्तयामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहडाबाट चार सय आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।

तीमध्ये ११ जना शेर्पा आरोहीको टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेसंगै वसन्तयामको सगरमाथा आरोहण सुरु भएको छ । कीर्तिमानी आरोहीका कामिरिता शेर्पा नेतृत्वको ११ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगेसँगै सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको हो ।

कामिरिताले २६औँ पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमानसमेत तोड्नुभएको छ । शनिबार अपराह्न ६:५५ बजे सगरमाथाको चुचुरोमा पुगेको उक्त टोलीले सहज र सुरक्षित आरोहणका लागि खुम्बु क्षेत्रमा चारवटा भ-याङ र क्याम्प २ तर्फ सात किलोमिटर डोरी टाँगेर आरोहणको ढोका खुला गरेका छन् । यस पटक आरोहणका लागि प्रयोग हुने डोरी बेलायतबाट ल्याइएको हो । गोरखापत्रबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -