काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट माग्ने आधारसमेत नरहेको बताएका छन् ।
ओलीले सरकार सञ्चालन गर्न नसकेर समय खेर फालेको पनि उनले बताए । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भोट माग्नुअघि कम्युनिष्ट पार्टीहरूले यतिका समय खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका थिए ।
‘कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफि माग्नुपर्ने हुन्छ,’ उनले भने, ‘जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको समय र अवसर उहाँहरूले खेर फालेकोले जनतासमक्ष क्षमायाचना माग्नुपर्छ ।’ थापाले अबको पाँच वर्ष जनताले कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बताए ।








































