गोरखा, गोरखामा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ ।
गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले मंगलवार गोरखामा आयोजित पत्रकार सम्मेलमा जानकारी गराए ।
राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिन सम्म रोट महोत्सव गरेर रोट अपर्ण गर्दै आएको छ । गोरखा दरवारमा चल्ने रोट महोत्सव बिगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन । दुई वर्ष सम्म नित्य पुजा अन्र्तगत रोट चढाइएको थियो ।
अहिले भने कोरोनाको त्रास कम भएकाले भक्तजनको उल्लेख्य उपस्थिती रहने केन्द्रका अध्यक्ष अर्यालले बताए ।








































