काठमाडौं, कागेश्वोरी मनहरा नगरपालिकामा नेपाली काङ्ग्रेस माओवादी केन्द्र सहित को गठवन्धनको घर दैलो कार्यक्रम भइरहेको छ ।
यस नगरपालिकामा मेयर मा नेपाली काङ्ग्रेस र उपमेयर मा माओवादी केन्द्रको उम्मेद्वार भोला चापागाइ रहेका छन ।
आज सम्पन्न वार्ड न.७को घर्दैलो कार्यक्रममा उल्लेखनिय कार्यकर्ता उम्मेद्वार सहित घर दैलो मा पुगेका थिए ।सबैको नारा कागेश्वोरी मनहरा ले के भन्छ ,उपेन्द्र-भोलाले भन्छ भन्दै घन्किएको थियो ।
मेयर उपमेयरमा गठवन्धन भएपनी कागेश्वोरी मनहरा नगरपालिका वार्ड न.७मा भने मित्रवत प्रतिश्पर्धा गर्ने पहिलेनै सहनती भैसकेको जानकारी नेपाल तरुण दल काठमाडौं क्षेत्र न .२ को तरुण नेता दिपेन्द्र पोखरेलले जानकारी दिए ।
येस वोडा मा नेपाली काङ्ग्रेसको तर्फबाट वार्ड अध्यक्षमा भिम थापाको टिम छन भने माओवादी केन्द्र बाट अमर चन्द्र बोहोराको टिम मित्रवत प्रतिस्पर्धामा छन ।









































