गोरखा, १७ वैशाख २०७९ । पालुङटार नगरपालिका मेयर पदका उम्मेदवार दिपक बाबु कंडेलले कसैको साख जोगाउन र इज्जत राख्नको लागि गठबन्धन नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस पालुङटारले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै बजारमा धेरै किसिमका गठबन्धनका हल्ला चलेकाले त्यस्तो हल्लामा कुनै पनि सत्यता नभएको बताएका हुन्।
आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका मतदाताले सातै छाप रुखमा हाल्न समेत उनकाे अनुराेध थियाे ।
हल्लाको पछि नलाग्न अपिल गर्दै उनले आफ्ना नेता कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन अपिल गरे । पार्टी सभापति शेरबहादुर देउवाले कंडेलकाे उम्मेदवारी फिर्ता भएकाे पत्र इमेल मार्फत पठाएपछी कांग्रेस पालुङटारमा खैलाबैला मच्चिएकाे थियाे । तर उनकाे उम्मेदवारी कायम नै छ ।








































