Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:२४ दिउँसो
- ADVERTISEMENT -

गोरखामा १ हजार ९ सय ५७ जनाले उम्मेदवारी दर्ता

प्रकाशित मिति: २०७९ वैशाख १४, बुधबार

730
Shares

गोरखा, बुधबार, १४ वैशाख २०७९ । गोरखामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा १ हजार ९ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ स्थानीय तह रहेको गोरखामा स्थानीय तहको प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागी उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकामा मेयर उपमेयर सहित बिभिन्न पदका लागी ३ सय १७ जनाले उम्मेदवारी दिएका छन् । मेयरमा ९ उपमेयरमा ८ जनाको उम्मेदवारी परेको छ । नगरपालिका भित्रका १४ वडाको अध्यक्षका लागी ८७ जनाको उम्मेदवारी परेको र सदस्यमा २ सय ६७ जनाले उम्मेदवारी दिएको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताउनु भयो ।

पालुङटार नगरपालिकामा कुल ३ सय १३ जनाले उम्मेदवारी दिएका छन् । मेयर पदका लागी १२, उपमेयरमा ७ र बाँकीले वडाध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताउनु भयो ।

सिरानचोक गाउँपालिकाको बिभिन्न पदमा २ सय ८ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा ७, उपप्रमुखमा ८ र वडा अध्यक्षमा ४६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।

धार्चे गाउँपालिकामा १ सय ४४ जनको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ५÷५ जना र वडा अध्यक्षमा २९ जनको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आरुघाट गाउँपालिकामा २ सय ४४ को उम्मेदवारी परेको छ । अध्यक्षमा ६, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ४९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रीधर गौतमले बताउनु भयो ।

भिमसेन थापा गाउपालिकामा १ सय ७८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ६, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ३९ जनाको उमदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अजिरकोट गाउपालिकामा १ सय २३ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागी ८, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिनुभयो ।

शहिद लखन गाउँपालिकामा १ सय ८६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ६ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा बिभिन्न पदका लागी ६ सय ६१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ४० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताउनु भयो ।

गण्डकी गाउँपालिकामा १ सय ६९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा ९, उपाध्यक्षमा ५ र वडा अध्यक्षमा ३८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चुमनुव्री गाउँपालिकामा ७५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए । वडा नम्वर ६ को अध्यक्ष सहित ८ सदस्यमा भने एकल उम्मेदवारी परेको उनले जानकारी दिनुभयो । अनलाइनखबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -