Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:५० दिउँसो
- ADVERTISEMENT -

उपत्यकाका १८ मध्ये १० मेयरले फेरि पाए अवसर

प्रकाशित मिति: २०७९ वैशाख १४, बुधबार

504
Shares

काठमाडौं, १४ वैशाख २०७९ । काठमाडौं उपत्यकाका १८ मेयरमध्ये १० जनाले फेरि टिकट पाएका छन् भने ८ ले पाएनन् । टिकट पाएका १० जना मेयरले पुन आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

आठ जना मेयर बाहिरिए

काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीन जिल्लामा दुई महानगरपालिकासहित १८ नगरपालिका छन् । सोमबार यी सबै नगरपालिकामा उम्मेदवारी दर्ता हँुदा १० जना पुरानै मेयरको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालमा मेयरमा जितेका १८ मध्ये १० जनाले पुनः मेयरमा दोहोरिने अवसर पाए भने बाँकी आठ जना दोहोरिन सकेनन् ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले दोहोरिने चाहना राखे पनि उनले फेरि टिकट पाएनन् । काठमाडौंमा एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएकाले पनि शाक्यको दोहोरिने चाहनामा बिराम लागेको हो । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई भने कांग्रेसले फेरि मेयर उम्मेदवार बनाएको छ ।

ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनलाई पनि कांग्रेसले फेरि उम्मेदवार बनाएको छ भने महालक्ष्मी नगरपालिकामा रामेश्वर श्रेष्ठले फेरि टिकट पाएनन् । पाँच वर्षअघि उनले एमालेबाट टिकट पाएका थिए । उता भक्तपुरमा चार नगरपालिका छन् । तीमध्ये चाँगुनारायण नगरपालिकामा सोमप्रसाद मिश्रले फेरि मेयर टिकट पाएनन् २०७४ मा उनी एमालेबाट निर्वाचित भएका थिए । तर, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई भने यसपटक पनि एमालेले मेयरको उम्मेदवार बनाएको छ ।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति पनि फेरि मेयरको उम्मेदवार बन्ने अवसर पाएका छन् । मध्यपुर थिमी नगरपालिकामा पनि एमालेले मदनसुन्दर श्रेष्ठलाई नै फेरि मेयरको टिकट दिएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर रमेश महर्जनले फेरि मेयरको टिकट पाउन सकेनन् । दक्षिणकालीका मेयर मोहन बस्नेत फेरि उम्मेदवार बनेका छन् । चन्द्रागिरिमा घनश्याम गिरीले पनि फेरि मेयर टिकट पाएका छन् । नागार्जुनमा मोहन बस्नेतले फेरि मेयरमा उम्मेदवारी दिएका छन् । उनीहरू तीनै जनाले कांग्रेसबाट फेरि मेयरको टिकट लिन सफल भएका हुन् ।

तारकेश्वर नगरपालिकामा एमालेले रामेश्वर बोहोरालाई फेरि मेयर उम्मेदवार बनाएको छ । टोखामा प्रकाश अधिकारीले पनि फेरि टिकट पाएका छन् । उनी पनि एमाले हुन् ।

गोकर्णेश्वरका मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहराका कृष्णहरि थापा, शंखरापुरका सुवर्ण श्रेष्ठ र बुढानीलकण्ठ उद्धव खरेलले भने मेयरका लागि फेरि टिकटका अवसर पाउन सकेनन् । उनीहरू चारै जनाले २०७४ मा एमालेबाट मेयर जितेका थिए । राजधानीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -