Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:१० दिउँसो
- ADVERTISEMENT -

हाम्रा शहर अव्यवस्थित भीड जस्तै बन्न पुगे : नेता प्रदीप पौडेल

प्रकाशित मिति: २०७८ चैत २४, बिहीबार

795
Shares

काठमाडौं, बिहिबार, २४ चैत्र २०७८ । नेपाली कांग्रेसका केन्द्री सदस्य नेता प्रदीप पौडेलले ढल व्यबस्थापन, खोलानाला प्रदूषण, खनिज जन्य पदार्थको अन्धाधुन्ध प्रयोग, शुद्ध खानेपानी, वातारवरण लगायतका सवालहरुलाई चुनावी घोषणापत्र समेट्न आग्रह गरेका छन् ।

स्थानीय तह देखि नै सुन्दर गाउँ र सुन्दर शहर निर्माणका लागि आजका सामान्य तर प्रमुख समस्या यी सवालहरु रहेको भन्दै उनले प्रमुख ढंगले अध्ययन गरी यस्ता मुद्धाहरुलाई घोषणापत्र समेट्न आग्रह गरेका हुन् ।

व्यवस्थित र सुन्दर शहर निर्माण गर्न दिर्घकालिन योजना आजको आवश्यकता भएको उनले बताए । उनले काठमाडौँले भोगेको शहरीकरणको मोडेल अन्य शहर र शहर उन्मुख क्षेत्रहरुले नक्कल गरेको टिप्पणी समेत गरेका छन् ।

अस्तव्यस्त शहरीकरण र मानवीय जीवनका अति आवश्यक सेवा सुविधा शहर केन्द्रित हुँदा हाम्रा शहर अव्यवस्थित भीड जस्तै बन्न पुगेको उनले बताए । आफ्नो सभ्यताको सुन्दर इतिहास बोकेको काठमाडौं आज अस्तव्यस्त भएको छ,’उनले भने,’हुलका हुल सवारी र पट्यार लाग्दो सडक जाम, खोलामा मिसिएका अव्यस्थित ढल, अस्वस्थ खानेपानी, प्रदूषण, इनार र त्युबवेलमा पानी सुक्दै जाने देखि, सधैं उच्च ग्राफमा रहने प्रदुषण लगायतका सयौ समस्या झेलिरहेको दृष्टान्त हाम्रा सामु छर्लङ्ग छ ।’

‘फेरि, अरु सहरको विकास पनि यसरी नै हुने हो भने सिङ्गो देशलाई ठूलो समस्या आईपर्ने छ,’ उनले भने । त्यसैले आगामी स्थानीय तहको निर्वाचनमा हाम्रा प्रत्येक पार्टीहरुले हवाई सपना होईन, आम नागरिकले सरल जीवन जिउन दैनिक रूपमा भोगी रहेका समस्यालाई पहिलो प्रथामिकता दिन आवश्यक रहेको उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -