Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५०:४१ दिउँसो
- ADVERTISEMENT -

अपराजित रहँदै नेपाललाई त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि

प्रकाशित मिति: २०७८ चैत २१, सोमबार

791
Shares

काठमाडौं, सोमबार, २१ चैत्र २०७८ । अपराजित रहँदै नेपालले पपुवा न्युगिनी र मलेसिया सम्मेलित त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले पराजित गर्दै नेपाले उपाधि जितेको हो ।

नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा १० विकेट गुमाउँदै ११८ रनमै समेटियो ।

पपुवा न्युगिनीका लागि सेसे बाउले अर्धशतकिय पारी खेले । उनले ३८ बलमा १ चौका र ६ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । ओपनरद्वय असाद भाला र लेगा सियाकाले समान ८/८ रन बनाए ।

यस्तै, चार्ल्स अमिनीले १५, रिले हेकुरेले ६, चाड सोपरले १, सिमोन अटेईले ८, कबुआ मोरेले ४ रन बनाए । टोनी उरा र नर्मन भनुआ शून्य रनमै आउट भए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक चार विकेट लिए । करन केसीले ३ विकेट लिँदा कप्तान सन्दिप लामिछानेले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । आजको खेलमा नेपालको सुरुवात केही राम्रो रहेपनि मध्यक्रम भने चल्न सकेन ।

नेपालका ओपनर कुशल भुर्तेलले खेलको पहिलो ओभरमा शानदार प्रदर्शन गरेपनि २५ रनमा क्याच आउट हुन पुगे । लगातार ठूलो सट खेल्ने धुनमा उनी कबुवा मोरेको बलमा लेगा सियकाबाट क्याच आउट भएका हुन् । त्यस्तै, त्यसपछि क्रिजमा आएका रोहितकुमार पौडेल पनि २ रनमै पेभेलियन फर्किए ।

यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेका पौडेल पनि त्यही लयमा रिले हेकुरेको बलमा नर्मन भनुआबाट आउट भए ।

नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ५४ रन बनाए । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेर किर्तीमानसमेत राखेका छन् । पीएनजीविरुद्ध २१ रन बनाउँदै दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन् । उनी नेपालबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

दीपेन्द्रले ३९ खेलमा एक सतक र ४ अर्धसतकसहित १००० रन जोडेका हुन् । उनले जारी प्रतियोगितामै मलेसियाविरुद्ध नेपाली टि-२० क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेका थिए । दीपेन्द्रले टि२० आईमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए ।

अन्य मध्यक्रम सम्हाल्न आएका आरिफ शेख, दिलीप नाथ र आदिल अन्सारी भने चल्न सकेनन् । आरिफ र दिलीप शून्यमा आउट हुँदा आदिलले १५ रन मात्र जोडे । त्यस्तै, ओपनर आशिफ शेख २९ रनमा आउट हुँदा करण केसीले ३३ रन जोडे ।

बलिङतर्फ पीएनजीका सिमो कामियले ३ विकेट लिए भने चाड सोपर, रिले हेकुरे र कबुआ मोरेले समान एक/एक विकेट लिए ।

यसअघि भएकाे चार खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ र ३७ रनले हराएकाे थियाे भने मलेसियालाइ ६ विकेट र ८५ रनले हराएकाे थियाे ।

टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका दीपेन्द्रसिंह ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए । ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -