Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:२९:०९ बिहान
- ADVERTISEMENT -

नेपाल पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग ६ रनले पराजित

प्रकाशित मिति: २०७८ चैत ११, शुक्रबार

802
Shares

काठमाडौं । मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग ६ रनले पराजित भएकाे छ ।

शुक्रबार टियु क्रिकेट मैदानमा भएको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा पपुवा न्युगिनीले दिएको २९३ रनको विशाल लक्ष्य पछ्याएकाे नेपाल ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रनमै समेटियाे ।

नेपालका लागि रोहितकुमार पौडेलले सानदार शतकिय पारी खेले । उनले १०७ बलमा ७ चौका र ४ छक्काको मद्दतमा १२६ रनको योगदान गरे । पौडेलको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । साथै, उनी एकदिवसीय अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर पनि भएका छन्।

यसअघि नेपालका पूर्वकप्तान पारस खड्काले युएईविरूद्ध शतक हिर्काउँदै नेपालका लागि पहिलो एकदिवसीय शतकको कीर्तिमान बनाएका थिए। सो खेलमा पारसले ११५ रन प्रहार गरेका थिए।

पौडेलबाहेक ओपनर कुशल भुर्तेलले ३२ रन बनाउँदा अर्का ओपनर अनिल कुमार शाह ६ रनमै आउट भए । यस्तै, दीपेन्द्रसिंह ऐरीले १५, भीम सार्कीले १७, पवन सरार्फले ७, सोमपाल कामीले १८, कमलसिंह ऐरीले १८ रन बनाए । देव पौडेल शून्य रनमै आउट भए ।

पपुवा न्युगिनीका लागि नर्मन भानुआले तीन विकेट लिँदा कप्तान असद वाला र चार्ल्स अमिनीले दुई/दुई विकेट लिए । नोसाइनो पोकनाको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।

पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको योगदान गरे । उनले १०३ मा ६ चौका र १ छक्काको मद्दतमा ७७ रन प्रहार गरेका हुन् । कप्तान असद वालाले ६० रन बनाउँदा ओपनरद्वय टोनी उरा र हिरि हिरिले क्रमश: ३८ र ४ रनको योगदान गरे ।

यस्तै, रिले हेकुरेले ३१, नर्मन भानुआले ४७, जासोन किलाले १३, सिमोन ओटाईले २ रन बनाए । सेसे बाउ शून्य रनमै आउट भए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीले दुई/दुई विकेट लिएका छन् । कप्तान सन्दिप लामिछाने र पवन सरार्फले समान एक/एक विकेट लिएका छन् ।

नेपालको प्लेइङ–११:
कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -