Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:३८ दिउँसो
- ADVERTISEMENT -

सर्वदा सत्यको पक्षमा उभिने कांग्रेस मात्रै : प्रवक्ता डा. प्रकाशशरण महत

प्रकाशित मिति: २०७८ चैत ९, बुधबार

705
Shares

काभ्रेपलाञ्चोक, बुधबार, ९ चैत्र २०७८ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔं, कांग्रेस जिताऔं अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए।

‘कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु,’ पूर्वमन्त्रीसमेत रहेका महतले भने। उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांग्रेसमय हुने दाबी गरे। उनले भने, ‘स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा संघ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।’

प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गरे । ‘कांग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ,’ उनले भने । पार्टी सत्तामा हुँदा र नहुँदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने कांग्रेस मात्रै रहेको उनले दाबी गरे।

कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ/नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे।

सो अवसरमा धुलिखेल नगरस्थित नेकपा (एमाले) लगायत दलका दर्जन जिल्लास्तरीय नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -