Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:२९ बिहान
- ADVERTISEMENT -

नेपाली राजनीतिमा आँटिला, सरल र आत्मीय नेता एवं पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई गुमायौं : प्रदिप पौडेल

प्रकाशित मिति: २०७५ फागुन १६, बिहीबार

1102
Shares

प्रदीप पौडेल,:१६ फागुन २०७५ । हामीले बुधबार नेपाली राजनीतिमा आँटिला, सरल र आत्मीय नेता एवं पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई गुमायौं । विद्यार्थी राजनीतिमा विद्यालय, क्याम्पस तह हुँदै केन्द्रमा आफ्नै क्षमता र योग्यताको आधारमा केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गर्नुभयो ।

विद्यार्थी राजनीति गर्दै आएको नाताले पनि हामी रविन्द्रलाई विद्यार्थी हकहितका विषयलाई प्रभावशाली रुपमा उठाउँने नेताको रुपमा स्मरण गर्छौ । विद्यार्थीहरुलाई यातायातका साधनमा छुट दिलाउँनेदेखि विद्यार्थीका हकहितका मुद्दाका लागि अधिकारी समर्पित नाम हो । विद्यार्थीको हकहितका लागि उपलब्धी दिलाउँने नेताका रुपमा अधिकारीको नाम अग्रपंक्तिमा आउँछ । गायक प्रवीण गुरुङलाई पारसको गाडीले किचेर मार्दा कारवाही हुनुपर्छ भनेर प्र्रश्न उठाउँने व्यक्ति नै अधिकारी हुनुहुन्थ्यो । अनेरास्ववियुका नेताको हैसियतले उहाँले क्षतिपूर्ति दिनुपर्छ भनेर नेतृत्व नै गर्नुभयो । खुलेआम लाग्नुभएको उहाँको जुझारुपूर्ण अग्रसरतालाई हामी अझै सधैं सम्झिरहनेछौं ।

त्यस्तै, विद्यार्थीहरुलाई सवारी साधनमा छुट दिलाउनका लागि कडाईका साथ यो नियम लागू गराउने सबैभन्दा ठूलो श्रेय उहाँलाई जान्छ । विद्यार्थीलाई छुटका लागि उहाँ धेरै नै भिड्नुभयो । अखिल फुटेको बेला रचनात्मक काम गरेरै उहाँले धेरेको मन जित्नुभयो । नयाँ कार्यक्रम ल्याएर अखिललाई सशक्त बनाउँदै विद्यार्थी राजनीति गर्नेले के गर्नुपर्छ भनेर उहाँले आफ्नोमात्र होइन अरु संगठनलाई पनि धेरै कृुरा सिकाउनुभएको थियो । विद्यार्थी राजनीतिमा हामीले सँगै पनि सडकमा आन्दोलन ग¥यौं । यस्तोमा हामीलाई उहाँसँग घुलमिल हुन गाह्रो परेन । किनकी उहाँ सरल, भद्र र शिष्ट रुपमा प्रस्तुत हुनुहुन्थ्यो । संसदमा पनि विकास समितिको अध्यक्ष हुँदा विकासवादी नेताको छवि बनाउनुभयो ।

विदार्थी राजनीतिमा तल्लो तहदेखि नै संगठनमा लागेर केन्द्रसम्म स्थापित हुँदा उहाँले भूगोलदेखि केन्द्रसम्मै राजनीति गर्ने साँच्चै विद्यार्थी नेता हुनुहुन्थ्यो । अरु नेता अवसर पाएर विद्यार्थी राजनीतमा छिर्ने गरे पनि उहाँ संगठनकै बलमा विद्यार्थी राजनीति हुँदै केन्द्रसम्मै उदाउनुभयो ।

यसैले हामी अलग दलको संगठनमा रहेर पनि अधिकारीलाई शिष्ट, सरल र आत्मीय नेताको रुपमा लिन्थ्यौं, लिन्छौं । हामीलाई पनि फरक संगठनको हो भनेर अलग व्यवहार देखाउँने काम उहाँले कहिल्यै गर्नुभएन । जहिले पनि स्वस्थ रुपमा प्रस्तुत हुने शैलीले गर्दा उहाँको व्यवहारलाई हामीले जहिल्यै सहज रुपमा स्वीका¥यौं । तल्लो तहदेखि राजनीतिमा उदाउँदै केन्द्रसम्म प्रभाव पार्दै योग्यता देखाउनु भएका अधिकारी पोखरा आसपासको रोडमोडल नेताको परिचित हुनुहुन्थ्यो ।

गाउँघरको परिवेशबाट आएर नेतृत्व तहमा पुग्ने कुराले पनि उहाँ सफल नेता हो भन्ने पर्याप्त आधार हुन् । अल्पायुमै निधन नभएको भए अझै बढी राम्रा काम गरेर प्रभाव पार्ने सम्भावना उहाँमा थियो । सहजै घुलमिल हुने सरल र आत्मीय नेता अधिकारीप्रति हार्दिक श्रद्धान्जली । नयाँ पत्रिकाबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -