गोरखा : गोरखा जिल्ला गोरखा नगरपालिका वडा न १ अत्मरेको खोलामा करिव ४ महिना देखि हराएका नारायण न्यौपानेको शव फेला परेको छ । ७१ वर्षीय न्यौपाने गोनपा १ ताप्लेका स्थानीय वासिन्दा हुन ।
मानसिक अवस्था अलि कमजोर रहेका न्यौपाने ४ महिना अघि घरबाट हराएका थिए । हराउनु पश्चात् परिवारले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले गोरखा , घ्यामपेशाल , आरुघाट लगायतका जिल्लाका विभिन्न ठाउमा खोजी कार्य गरिरहेको थियो ।
बुट्टे टोपी , सेतो सर्ट , कालो पाईन्ट , निलो जर्सी , रातो जुत्ताको हुलियामा रहेका उनलाई स्थानीय महिलाले घाँस काटन जाने क्रममा खोलामा देखेको गोनपा १ का वडा अध्यक्ष हिक्मत कुवरले बताएका छन ।
उक्त शव गलिसकेको र उक्त ठाउको प्रहरीले मुचुल्का उठाएपछि उक्त मृत व्यक्ती हराएका ७१ वर्षिय न्यौपाने नै रहेको खुलेको थियो ।
अहिले उक्त शवलाई त्यसै खोला नजिकै जलाउने तयारी भैरहेको अध्यक्ष कुवरले बताएका छन ।








































