Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:२६ दिउँसो
- ADVERTISEMENT -

गाेरखाकाे पालुङटारमा चिम्नी विना नै इँटा उत्पादन सुरु

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार

454
Shares

गाेरखा – गोरखाकाे पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेशिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ ।  गोरखाको पालुङटारमा कोरियाली कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इँदा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नी विना नयाँ प्रविधिबाट इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इँदा उत्पादन सुरु गरेको छ । 

याे कम्पनीले नेपालमा पूर्वाधार निर्माणका लागि असल इँदा पद्धतिबाट प्रविधि तथा वातावरणमैत्री इँदा उत्पादन गर्न सुरु गरेको बताएको छ । कोरियामा सन् २००८ मा स्थापना भएको इन्नोसीएसआर कम्पनी नेपालमा सन् २०१८ आएको थियो । अहिले याे कम्पनीले नयाँ प्रविधिबाट अहिलेसम्म कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा गरी पाँच देशबाट इँटा उत्पादन सुरु गरिसकेको छ । 

कम्पनीका सञ्चालक विकास श्रेष्ठले नेपालमा पनि कोरियाली प्रविधिको प्रयोगबाट आगाेमा नपाेली इँदा उत्पादन सुरु गरिएको बताउनुभयो । उहाँले नेपालमा चिम्नीबाट इँटा उत्पादन हुँदा वातावरण प्रदूषण गर्ने गरेकाले थोरै भए पनि वातावरण प्रदूषण कम गर्न वातावरणमैत्री इँटा प्रयोग बढाउने उद्देश्यले उत्पादन सुरु गरिएकाे बताउनुभयाे । उहाँले सरकारसँग वातावरणमैत्री इँटा उत्पादन गर्न ठूला पूर्वाधार निर्माण प्रयोग बढाउने विषयमा समन्वय गर्ने काम भइरहेको बताउनुभयो ।

त्यस्तै कम्पनीका अर्का सञ्चालक हरिराम श्रेष्ठले

कम्पनीले उत्पादन गरेको इँदा गाच्छेपानी र लमजुङमा ढुवानी हुने गरेको बताउनुभयो । 

कम्पनीका इन्जिनियर रमेश न्यौपानेले परीक्षण गरेको माटोमा सिमेन्ट र सोयल स्टेवलाइजर मिसाएर नयाँ प्रविधिबाट इँटा उत्पादन गरिएको बताउनुभयो । उहाँले इँटा उत्पादन गर्दा ९० प्रतिशत माटो र बाँकी सिमेन्ट प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । ‘यो इँटा उत्पादन गर्दा आगोमा पोल्नुपर्दैन । त्यसले गर्दा वातावरण प्रदूषण कम हुने र उद्योगका लागि सानो जग्गामा पनि इँटा उत्पादन गर्न सकिन्छ’, उहाँले भन्नुभयाे ।

नेपालमा सन् २०१८ मा इन्नोसीएसआरले इँटा उद्योग स्थापना गरे पनि कोरोना महामारीका कारण उत्पादन गर्न नसकेकाे तर पछिल्लो चार महिनामा १० लाख इँटा बजारमा पठाएको कम्पनीले बताएको छ । कोरियन प्रविधिको प्रयोगबाट स्वचालित मेशिनबाट प्रतिघण्टा ३५ सय इँटा उत्पादन गर्ने सकिने कम्पनीले बताएको छ । आगोमा नपाेलेकाे इँटाकाे चिम्नीबाट उत्पादन गरिएको इँटाजस्तै ५० देखि ६० वर्षको आयु हुने कम्पनीले बताएको छ । 

उज्यालो अनलाईनबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -