Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:५९ दिउँसो
- ADVERTISEMENT -

घाइते सैनिकलाई भेट्न अस्पताल पुगेका जेलेन्स्कीले सेल्फी पनि खिचाए

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार

550
Shares

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा घाइते भएका सैनिक भेट्न अस्पतालको भ्रमण गरेका छन् । युक्रेनको रक्षामन्त्रालयले जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेको जनाएको हो ।

यद्यपि उनले भ्रमण गरेको अस्पतालको पहिचान भने गोप्य राखिएको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति जेलेन्स्कीले उपचार गराइरहेका सैनिकहरुसमक्ष पुगी उनीहरुको गुनासो र अवस्थाबारे जानकारी लिएको देखिन्छ । जेलेन्स्कीले घाइते सैनिकलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ ।

केही घाइते सैनिकले उनीसँग सेल्फी पनि खिचिरहेको भिडियोमा देखिन्छ । साथै भ्रमणका क्रममा जेलेन्स्कीले सैनिक एवम् अस्पतालका कर्मचारी तथा चिकित्सकलाई तक्मा र विभूषण समेत प्रदान गरेको जनाइएको छ ।

सैनिकहरुलाई उनले ‘युक्रेनको रक्षक’ विभूषण प्रदान गरेको अमेरिकी अनलाइन समाचार पोर्टल एक्सिओसले जनाएको छ । रुसी आक्रमणसँगै युक्रेनभर भिषण लडाईं भइरहेका बेला जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेका हुन् ।

(एक्सिओस र बीबीसीबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -