Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:४७ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्री भेट्न विप्लव बालुवाटारतिर

प्रकाशित मिति: २०७८ फागुन २८, शनिबार

454
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो दुई सातादेखि राजनीतिक भेटघाटमा सक्रिय हुनुहुन्छ । फागुन १५ गते संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको हो ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिर्नुअघि उहाँले बिहान पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लुमा डेढ घण्टा वार्तालाप गर्नुभएको थियो । यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि दुई पटक भेट्नुभयो ।

माओवादी नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,कृष्णबहादुर महरा र एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावललाई पनि नेकपाका शीर्ष नेताहरुले भेट गरिसकेका छन् ।

आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्न महासचिव चन्दसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड जानुभएको बताइन्छ ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति रहेको नेकपा स्रोतले बताएको छ । उहाँहरुबीच एकछिन अघिसम्म कुराकानी चलिरहेको थियो । कुराकानीको विषय दुवै पक्षले सार्वजनिक गरेको छैन ।

तर,ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन र जेलमा रहेका ८४ जना नेता,कार्यकर्ताको रिहाइमा विप्लवको जोड रहेको बताइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -