Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:५० दिउँसो
- ADVERTISEMENT -

निर्वाचनका क्रममा हुने खर्चको सीमा बढाउनुपर्ने माग

प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार

487
Shares

काठमाडौं । विभिन्न दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा खर्च गर्न पाउने अधिकतम सीमाका विषयमा निर्वाचन आयोगसँग प्रश्न उठाएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारेमा शुक्रबार गरेको छलफलमा क्रममा उनीहरुले निर्वाचनका क्रममा हुने खर्चको सीमा बढाउनुपर्ने र खर्चको नियमनका विषयमा प्रश्न गरेका हुन् ।

त्यस्तै साना दलहरुका प्रतिनिधिहरुले निर्वाचनका लागि माग गरिएको चूनाव चिन्ह पाउनुपर्ने बताएका थिए । साथै उनीहरुले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय मान्यता प्राप्त दल बाहेक ७३ दलले आफूले प्रस्ताव गरेको चूनाव चिन्ह पाउनुपर्ने माग गरेको र कानूनमा भएको व्यवस्था अनुसार नै अघि बढने जानकारी गराएको उनले बताए । निर्वाचनलाई मितव्ययी बनाउनका लागि चुनाव खर्च खटाउने प्रस्ताव गरेको र दलहरुको सकारात्मक सुझाब प्राप्त भएको पौडेलले बताए ।

छलफलपछि माओवादी केन्द्र नेता लिलामणि पोखरेलले निर्वाचनमा हुने खर्चको नियमनको उचित प्रबन्ध हुनुपर्ने बताए । निर्वाचन प्रचार–प्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्ने छुट्टै साइबर क्राइम ब्यूरो बनाउने तयारी रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।

त्यस्तै लोसपाका नेता केशव झाले मतदानको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सकारात्मक रहेको बताए । उनले मतपत्रको रंग हरियो राख्नुको कारण आयोगले जानकारी गराएपछि विवाद नभएको उल्लेख गरे ।
त्यस्तै राप्रपाका नेता भुवन पाठकले निर्वाचनमा आफुहरुले दर्ता गराएको चूनाव चिन्ह नै पाउनुपर्ने बताए । उनले निर्वाचनमा भाग लिने कुनै पनि दललाई भेदभाव गर्न नहुने जिकिर गरे ।

त्यस्तै एमालेका प्रतिनिधिहरुले मतपत्रमा चुनाव चिह्न हरियो बनाइएको भन्दै आयोगको ध्याकर्षण गराएको थियो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तीब्र रुपमा तयारी भइरहेको पनि जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -