Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३७:३१ बिहान
- ADVERTISEMENT -

गैरआवासीय नेपाली संघ विवादमा

प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार

689
Shares

२७ फागुन, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ ।

पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० औं विश्व सम्मेलनमा भाग नलिने भएको छ । आचार्य पक्षमा रहेका शेष घलेले छुट्टै निर्वाचन समिति पुनर्गठन गरेका छन् ।

मार्च २३ र २४ मा गर्ने गरी पन्त पक्षधरले तोकेको समयकै आसपासमा आचार्य पक्षले विश्व सम्मेलनको मिति तोक्ने तयारी गरेको छ ।

घले नेतृत्वमा रहेको संरक्षक परिषद भंग गर्ने तथा बहुसंख्यक डेलिगेट्स रहेका देशहरुको कार्यसमिति विघटन भएपछि दुई पक्षको दुरी थप बढेको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरिएको थियो ।

अध्यक्षका प्रत्यासी आचार्यले संरक्षक परिषद भंग गर्ने अधिकार वर्तमान कार्यसमितिलाई नरहेको दाबी गरे । उनी भन्छन्, ‘संरक्षक परिषदले गराएको निर्वाचनमा हामी भाग लिन्छौं । पन्त कार्य समितिले गराउने विश्व सम्मेलनको वैधानिकता नै छैन ।’

शुक्रबारसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, आचार्यले उम्मेदवारी दर्ता नगर्ने बताइसकेका छन् । अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

गत अक्टोबरमा तोकिएको विश्व सम्मेलनमा चुनिने प्रतिनिधिको विषयलाई लिएर विवाद सुरु भएको थियो । आचार्य पक्षले डेलिगेट्समा अनियमितता गरेको आरोप सहित परराष्ट्रमा उजुरी दिएपछि विवाद झन् बढ्दै गएको थियो ।

पन्त कार्यसमितिले डिसेम्बर १९ र २० मा सम्मेलन हुने गरी नयाँ मिति तोकेको थियो । आचार्य पक्षले विवाद साम्य नभई निर्वाचनमा भाग लिन नसकिने अडान लिएपछि उक्त समयमा पनि सम्मेलन हुन सकेन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -