Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४१:०० बिहान
- ADVERTISEMENT -

कहिले हटाउला चीनले नेपालमाथिको अघोषित नाकाबन्दी ?

प्रकाशित मिति: २०७८ फागुन २६, बिहीबार

503
Shares

काठमाडौं, २४ फागुन : फागुन महिनाको समाम्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्पी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।

नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाकाहुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो । ‘चीनबाट नेपालतर्फ वस्तुहरु पठाउँदा कोरोना नसर्ने, नेपालबाट चीनतर्फ वस्तु पठाउँदा कोरोना सर्ने’ जस्तो कुतर्क गर्दै चीनले करिव दुई वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ ।

प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । आफ्नो निरीहता लुकाउन उनले उल्टै चिनियाँ दादागिरीको ढाकछोप गर्नुपर्यो ।

‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका छौं । चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौं । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाई थियो, ‘आर्थिक रुपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्प जस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’

कोरोना महामारी सुरु भएपछि चीनले रसुवागढी र तातोपानी नाका एकतर्फी बन्द गरेको हो । विश्वमा पहिलो पटक कोरोना भाइरस २०७६ पुसको पहिलो साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

चीनमा कोरोना संक्रमण बढेपछि २०७६ माघ १५ गते गृह मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सुरुमा यो रोक १५ दिनको लागि भनिए पनि पछि समय थप गरिएको थियो ।

चीनले रोक नलगाउन दबाब दिइरहेका बेला नेपालले त्यसबेला चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । कोरोना संक्रमण झन् बढ्दै गएपछि २०७६ चैत ११ गते नेपालले लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चीनले तातोपानी र रसुवागढी नाका एकतर्फीरुपमा बन्द गरेको थियो । त्यसयता यी नाका आजसम्म दोहोरो खुलेका छैनन् ।

तातोपानी नाका २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि चीनले लामो समय बन्द गरेको थियो । सुरक्षाको कारण देखाउँदै चीनले तातोपानी नाका बन्द गरेको थियो । त्यसपछि पनि खुलेको केही महिनामा नै कोरोनाका कारण चीनले उक्त नाका एकतर्फी बन्द गर्यो ।

चिनले एकतर्फी नाकाबन्दी लगाउँदा नेपालले करोडौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । २०७६ चैत देखि २०७८ माघ महिनासम्म चीनबाट तातोपानी र रसुवागढी नाकाहुँदै नेपालमा ४७ अर्ब ५६ करोड ५७ लाख ४९ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट ती नाकाहुँदै चीनमा एक रुपैयाँको वस्तु पनि गएको छैन ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म)मा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँको वस्तु आएको छ । सो अवधिमा नेपालबाट चीनमा मात्र ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा रसुवागढी नाकाबाट १६ अर्ब ७४ करोड ६४ लाख ३३ हजार रुपैयाँ र तातोपानी नाकाबाट ७ अर्ब ९५ करोड ५२ लाख ८१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । उक्त अवधिमा नेपालबाट ती नाका हुँदै कुनै वस्तुले चीनमा प्रवेश पाएको छैन ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा चीनबाट नेपालले २ खर्ब ३३ अर्ब ९२ करोड ३० लाख ६० हजार रुपैयाँको वस्तु आयात गरेको देखिन्छ । सो वर्ष नेपालले भने चीनमा मात्र १ अर्ब १ करोड ६० लाख ५७ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष रसुवागढी नाकाबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानी नाकाबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो । नेपालबाट सो वर्ष ती नाकाबाट कुनै वस्तु चीन गएन अर्थात निर्यात सुन्य रह्यो ।

आर्थिक वर्ष २०७६/७७ को सुरुको आठ महिना तातोपानी र रसुवागढी दुवै नाका दुइतर्फी रुपमा खुला रहेका थिए । उक्त आर्थिक वर्ष चीनबाट नेपालमा १ खर्ब ८१ अर्ब ९२ करोड ३ लाख ८ हजार रुपैयाँको वस्तु आयात भएको थियो भने नेपालबाट १ अर्ब १९ करोड ११ लाख ८१ हजार रुपैयाँको वस्तु चीनमा निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालले तातोपानी नाकाबाट ९ अर्ब ५३ करोड ७६ लाख ४६ हजार रुपैयाँको वस्तु आयात र १३ करोड ७६ लाख ७९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । सोही वर्ष रसुवागढी नाकाबाट २६ अर्ब ४६ करोड ८१ लाख ९५ हजार रुपैयाँको वस्तु आयात र ५८ करोड २३ लाख ५४ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

तातोपानी र रसुवागढी नाका दुईतर्फी खुलाउन परराष्ट्र मन्त्रालय, वेइजिङस्थित नेपाली दूतावास र ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले पहल गर्दै आएका छन् । तर प्रयास प्रयाप्त गरेको देखिंदैन । यसैकारण नेपालको प्रयासलाई चीनले समाधान गर्नेगरी चासो दिएको छैन ।

‘यो त अघोषित नाकाबन्दी नै हो । यसको कूटनीतिक सन्देश चीन नेपालसँग खुसी छैन भन्ने हो । चीन किन खुसी छैन हामीले बुझ्न पर्यो र बुझ्ने सार्थक प्रयास गर्नुपर्यो,’ पूर्वराजदूत दिनेश भट्टराईले न्युज कारखानासँग भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -