Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
७:०५:३० बेलुका
- ADVERTISEMENT -

रुसी हमलामा युक्रेनी राष्ट्रपति जेलेन्स्की

प्रकाशित मिति: २०७८ फागुन २३, सोमबार

811
Shares
FILE - In this Thursday, Feb. 11, 2021 file photo, Ukrainian President Volodymyr Zelenskyy talks with servicemen as he visits the war-hit Donetsk region, eastern Ukraine. Ukraine's leader is traveling to the United States in hopes of bolstering security ties with Washington and persuading the Biden administration to ramp up sanctions against a new Russian gas pipeline that bypasses his country. (Ukrainian Presidential Press Office via AP, File)

एजेन्सी, २३ फागुन २०७८ । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण थालेको आज सोमबार १२ औँ दिन हो । अहिलेसम्म युक्रेनको राजधानी किभसहित देशका ठुला सहरहरुमा ठुलो मात्रामा भौतिक तथा मानविय क्षती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार मानिसको हताहतीको यकिन तथ्यांक नभएपनि युद्ध सुरु भएपछि १२ लाख बढी युक्रेनीले देश छोडेका छन् । यता, रुसले अझै आक्रमणलाई तीव्रता दिइरहेको छ ।

युक्रेनले पनि रुसको सशक्त प्रतिरोध गरिरहेको दाबी गर्दै आएको छ । युक्रेनी सेनाको मनोबल उच्च रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसको पछाडि युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की रहेको बताइन्छ । उनी युद्ध क्षेत्रमै गएर सेनाको मनोबल बढाइरहेको सार्वजनिक तस्बिरमा देखिन्छ ।

तर, रुसको आक्रमण तीव्र बन्दै जाँदा युद्धमा युक्रेनका राष्टपति जेलेन्स्की मारिएको खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठ्न थालेको छ ।

सिबिएस न्युज च्यानलका एक संवाददाताले अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनसँगको एक अन्तरवार्ताको क्रममा सो प्रश्न उठाएका हुन् ।

जवाफमा ब्लिङ्कनले त्यसबारे युक्रेन सरकारसँग आकस्मिक योजना रहेको र जेलेन्स्कीको सुरक्षा निकै कडा बनाइरहेको बताएका छन् । ‘युक्रेनसँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नका लागि के गर्नुपर्छ भन्ने कुरा हामी निश्चित गर्नेछौँ । यसलाई ममाथि छोडिदिनुहोस् ।’ब्लिङ्कनले भने ।

ब्लिङ्कनले थपे, ‘पहिलो कुरा त के हो भने जेलेन्स्की र उनको सरकार पूरा मामिलामा डटिरहेका छन् । मानिसहरुले गज्जबको साहस देखाएका छन् । मृत्युको कुरा टाढाको हो ।’

पछिल्लो समय जेलेन्स्कीलाई रुसले पटक पटक आक्रमणको प्रयास गरेको सञ्चारमाध्यमले जनाएका छन् । जेलेन्स्कीले पनि रुसले आफूलार्य मार्न चाहेको बताउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -