काठमाडौ : सल्यान जिल्ला बागचौर नगरपालिका वडा न २ थारमारे स्थायी ठेगना भएका १३ वर्षीय बालक खेमराज बस्याल हराएका छन ।
अन्तिम पटक काठमाडौको मित्रनगरमा देखिएका उक्त बालक अहिले भने खोजिको सुचिमा छन ।
घटनाको पृष्ठभुमि
परिवार सङ केही सामान्य कुरामा विवाद परेपछि उक्त १३ वर्षिय बालक गत २०७८/११/११ गते घरबाट काठमाडौको लागि निस्किएका थिए ।
उनी काठमाडौ १२ गते आईपुगे अनि अब कामको खोजिमा भौतारिन थाले । तब उनले एउटा गेस्ट हाउस भेटाए । जहाँ काम गर्ने मान्छेको आवस्यकता थियो ।
उनले ` ताप्लेजुङ नागर्जुन गेष्ट हाउस ´ मा बिहान ११ बजे देखि काम गर्न सुरु गरे ।
होटलका मालिकले यी बालक घरबाट भागेर आएका जस्ता छन भनेर उनले परिवारलाई जानकारी गराउने प्रयास गरे । होटलका मालिकले परिवारलाई जानकारी दिएको ती बालकले सुईको पाए र उनी त्यहाबाट करिव साझ ५-६ बजे तिर फरार भए । फरार भएको कुरा होटल मालिकलाई पत्तै थिएन ।
ती होटलका मालिकले परिवारलाई जानकारी गराईदिएपछी आमा धनमाया बस्याल काठमाडौलाई निस्किइन । उनि काठमाडौ नआईपुउग्दै छोरा ती होटलबाट निस्किसकेका थिए ।
अहिले महानगरीय प्रहरी प्रभाग बसपार्कले सबै होटलहरुमा गएर खोजी कार्य सुरु गरिसकेको छ भने काठमाडौका हरेक वृतमा उक्त १३ वर्षिय बालकको तस्वीर पनि पठाईएको छ ।
यी बालकलाई कोहि कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला ।
सम्पर्क नम्बर १०० वा महानगरीय प्रहरी प्रभाग बसपार्क 9851283102 वा बालकका आमा 9844976334 लाई सम्पर्क गर्नुहोला ।।








































