Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१७:१४ बिहान
- ADVERTISEMENT -

गलकोट स्पोर्ट्स क्लब जापानले सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्दै

प्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार

760
Shares

जापान, मंगलबार, १७ फागुन २०७८ । गलकोट स्पोर्ट्स क्लब जापानले आफ्नो संस्थाको आठौँ वार्षिकोत्सवको अवसरमा सातौं
सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ ।

“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा संचालन गरिदै आएको यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र सिल्भर कप र मेडल रहेको र द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल अनि सान्त्वना पुरस्कार दुई टिमलाई ५५,५५५ येन र प्रमाण पत्रका दरले प्रदान गरिने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिनुभयो ।

खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पुरा भएका हरेक टिमले अफिसियल सहित १२ जना खेलाडीसहित खेलमा सहभागी हुन पाउने र दर्ता शुल्क चार मान अर्थात् चालिस हजार येन रहेको अध्यक्ष निउरेले बताउनु भयो ।

नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नु हानरी पनि दायित्व हो भन्ने ठानेर साथै खेलकूदको माध्यमबाट प्रवास तथा स्वदेशमा रहेका खेलाडीहरुलाई जोड्दै समग्र खेल क्षेत्रको विकाश गर्ने उद्देश्य राखी नेपाली नया वर्षको अवसरमा खुल्ला मैत्रीपुर्ण रनिङ सिल्भर कप आयोजना गर्दै आईरहेको सचिव दिनेश थापाले बताउनु भयो ।

यस वर्ष पनि सोहि कार्यक्रमलाई निरन्तरता दिदै जापान सरकारबाट कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तोकिएका सम्पुर्ण मापदण्ड पुरा गरि सातौँ वार्षिकोत्सव सहित प्रतियोगिता संचालन गरिने महासचिव कंडेलले बताउनु भयो ।

खेलाडीको हौसला र खेलकुदमार्फत अनुशासनको संस्कृति विकासका लागि वेष्ट प्लेअर, वेष्ट स्पाइकर, वेष्ट सटर, वेष्ट डिफ़ेन्सर, वेष्ट सर्भिसर सहित ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने र प्रतियोगिताको टाईसिट मार्च १७ तारिक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने खेलकुद संयोजक गणेश खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रम व्यवस्थित रूपमा संचालन गर्नका लागि अध्यक्ष निउरेको संयोजकत्वमा मूल आयोजक समिति रहने गरि विभिन्न उपसमिति बनाई कार्यविभाजन समेत गरिएको छ । जसमा आर्थिक समिति, प्रचार प्रसार समिति, हल ब्यवस्थापन समिति, खेलाडी व्यवस्थापन, खाना/पानी ब्यवस्थापन, अतिथी ब्यवस्थापन, रेफ्री/एम्पाएर एवं खेल सामग्री संयोजन उपसमिति रहेका छन ।

प्रतियोगिता बिहान ९ बजेदेखि हिगासी कामता ओता सिटी सेन्टरमा संचालन हुनेछ ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई जापानमा नेपालीहरूद्वारा संचालित मिराई लाईफ स्वास्थ्य बीमाले मिराई लाईफ उत्कृष्ठ खेलाडीको विशेष पुरस्कार प्रदान गर्ने बताईएको छ ।

प्रतियोगितामा टिम सहभागिताका लागि आयोजकसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतियोगिता बिहान ९ बजेदेखि संचालन हुने र स्थान 144-0031 Tokyo to Ota ku Sougo Taiikukan 1-11-1 Higasikamata ota city रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -