महाशिवरात्रीको अवसर पारेर काठमाडौको रानिवन स्थित शिव मन्दिरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सभ्यता पाठसाला , पिपल्स जनरल हस्पिटल र उपत्यका सरसफाइ महाअभियानद्वारा उक्त स्वास्थ्य सिविर संयुक्त रुपमा आयोजना गरिएको थियो ।

सो शिविरमा चार सय भन्दा बढी सर्वसाधारणहरुले सेवा पाएका थिए ।

उक्त शिविरमा पिपल्स जनरल हस्पिटल नयाबजारबाट आएका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरिएको थियो ।

सभ्यता पाठसालाका विद्यार्थीहरुले शिव मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुलाई लाईन मिलाएर राखिदिने , पानी दिएर सहयोग गर्ने , वृद्ध वृद्दालाई सहज पुजा गर्ने वातावरण मिलाईदिनेका साथै पुजा आरधाना सकिएपछि मन्दिर परिसर सरसफाइ गर्नमा पनि विद्यार्थीहरुले स्वंय सेवकको भुमिका निर्वाह गरेका थिए ।
“स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो” भन्ने मुल नारका साथ महाशिवरात्रीको पावन अवसरमा निरोगी जीवन, स्वस्थ समाज र खुशीका आधार भन्दै एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको सभ्यता पाठसालाका प्रिन्सिपल धुव्र कुमार देवले बताएका छन ।

उनका अनुसार ,” विद्यार्थीहरुलाई कहिलेकाही यस्तो कार्यक्रममा अग्रसर गराउदा उनिहरुमा व्यवहारिक ज्ञान आउनुका साथै समाज प्रतिको दायित्व निर्वहा गर्छ ।

सो शिविरमा सुगर, प्रेसर,मुटु, लगायतका रोगको साथै स्त्री रोग, बच्चा विभाग, हाईजोर्नी, सर्जरी आदीको निःशुल्क परीक्षण गरिएको थियो ।

परिक्षणका साथै औषधि पनि वितरण गरिएको थियो ।



















































