काठमाडौं, बुधबार, ११ फागुन २०७८ । अभिनेता पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दिएकी छन् । जबरजस्ती करणी करणीको आरोपमा समीक्षाले उजुरी दर्ता गराएकी हुन् ।
गायिका समीक्षा अधिकारीले तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएकी हुन् । शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको बताइएको छ ।
केही समयअघि सार्वजनिक अडियोमा अभिनेता शाहले शारीरिक सम्बन्ध भएको स्वीकार गरेका छन् ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।








































