पोखरा १० फागुन २०७८ । सबैको प्रिय, वरिष्ठ लोक संस्कृतिकर्मी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष स्वर्गीय मेनकाजी गुरुङको स्मृतिका लागि अक्ष्यकोष स्थापनार्थ अमेरिकाबाट २ लाख १४ हजार १४० रुपैयाँ सहयोग प्राप्त भएको छ ।
स्वर्गीय गुरुङको चीरकाल स्मृतिका लागि हिमाली साँस्कृतिक परिवारले अक्षयकोष स्थापनाका लागि संचालित अभियान अन्तर्गत अमेरिकामा संकलित रकम अभियन्ता सोम गुरुङले कोषका संयोजक रुद्रकुमारी गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
अभियानका अमेरिका संयोजक गुरुङले संकलित रकम हस्तान्तरण गर्नु हुँदै वरिष्ठ लोक सँस्कृतिकर्मीको स्वर्गारोहणले मुलुकले साँस्कृतिक धरोहर गुमाएको बताउनु भयो ।
संकलित रकम ग्रहण गर्दै कोषका अध्यक्ष रुद्रकुमारी गुरुङ सम्पूर्ण सहयोगदातालाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
यश अघि अमेरिका स्थित नेप्लिज सम्युनिटी अफ न्यु ह्याम्प्सायरका अध्यक्ष समेत रहनुभएका समाजसेवी सोम गुरुङले ब्यक्तिगत १ लाख रुपैयाँ कोषमा रकम प्रदान गर्नुभएको हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो।








































