काठमाडौँ, मंगलबार, १० फागुन २०७८ । कानुन व्यवसायीको संगठन नेपाल बार एसोसिएसनको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार आगामी चैत १९ गते निर्वाचन हुने भएको हो ।
बारले आज मतदाता नामावली प्रकाशित गर्ने छ । तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नु पर्ने छ । त्यसपछि करिव तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।
१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुने छ । बारले निर्वाचन केन्द्रसमेत तोकिसकेको छ ।








































