काठमाडौं, आइतबार, ८ फागुन २०७८ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् ।
एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।
प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो नयाँबानेश्वरमा भएको विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।








































