गोरखा, सोमबार, २ फागुन २०७८ । गोरखाको शहिद लखन गाउँपालिका प्रतिक चिन्ह (लोगो) सार्बजनिक भएको छ ।
शहिद लखन गाउँपालिकाले आफ्नै पालिकाको उत्कृष्ट चिन्ह (लोगो) बनाउने शहिद लखन गाउँपालिका वडा नं ७ बुङकोट काहुले भंगार निबासी डिजाईनर राजकुमार आलेलाई सम्मानित गरेको हो ।
गाउँपालीकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगर, शहिद लखन गाउँपालिका वडा न ७ का वडा अध्यक्ष शरण श्रेष्ठ लगायत अन्य महानुभावको उपस्थितिमा समारोहबीच राजकुमार आलेलाई पचास हजार रुपैयाँ नगद राशी, दोसल्ला, सम्मान पत्र सहित सम्मान गर्दै थप सफलताको शुभकामना दिनु भयो ।
आफ्नै पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भन्दै चिन्ह पालिकाको पहिचानलाई समटिएर बनाइएको छ ।









































