Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:२७ बिहान
- ADVERTISEMENT -

दुई प्रदेश जोड्ने पुल निर्माणकार्य धमाधम

प्रकाशित मिति: २०७८ फागुन १, आइतबार

661
Shares

काठमाडौं, आइतबार, १ फागुन २०७८ । कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिका दुईवटा पुलको निर्माणकार्य धमाधम छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटदेखि कैलालीको मोहन्याल गाउँपालिका–७ सँग जोड्ने दुई पुलको निर्माण भइरहेको हो ।

५५० मिटर लामो चिप्लेघाटको पुलको काम करिब ७० प्रतिशत र ३५० मिटर लामो कुइनेघाटको पुल करिब ९० प्रतिशत सकिएको छ । यी दुवै पुल यसै आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य लिइएको छ । दुवै पुलको निर्माण व्यवसायी अनक/लुम्बिनी जेभीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले तोकिएको अवधिभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको बताउनुभयो । पुल सञ्चालनमा आएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको सम्बन्ध सिधा जोडिनेछ भने दूरी पनि घट्नेछ । अहिले सुदूरपश्चिम प्रदेश जानका लागि सुर्खेतदेखि कोहलपुर हुँदै कर्णाली चिसापानी पुग्नुपर्छ । पुल बन्दा चौकुनेदेखि चिसापानीको दूरी बढीमा ११ किमि हुनेछ ।

कुइनेघाट पुल २०७१/०७२ मा सम्झौता भई २०७६ मा सक्नुपर्ने थियो । साइट इन्चार्ज श्रेष्ठले पुलको डिजाइन पास हुनै दुई वर्ष लागेको र कोरोनाका कारण काममा पनि केही ढिलाइ भएको बताउनुभयो । सो पुल ३२ करोडको लागतमा आगामी असारमा सक्नेगरी निर्माण भइरहेको छ । यस्तै, चिप्लेघाटको पुल निर्माणको सम्झौता २०७४ मा भएको थियो । २०७८ मा सक्ने लक्ष्य रहेको सो पुलको लागत ६० करोड रहेको साइट इन्चार्ज श्रेष्ठले बताउनुभयो । उहाँले दुवै पुलको काम तीव्र गतिमा भइरहेको हुँदा तोकिएको अवधिभित्र निर्माण सम्पन्न गरी दुई प्रदेश जोडिने जिकिर गर्नुभयो । अहिले ती ठाउँ पुग्न कि झोलुङ्गेपुल तर्नुपर्छ कि डुङ्गाबाट जानुपर्छ ।

दुवै पुल निर्माण भए दुवै प्रदेशको सिधा सम्पर्क बढ्नुका साथै व्यापार र विकासको ढोका खोल्नेमा त्यस क्षेत्रका बासिन्दा आशावादी छन् । सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँका रङ्गे कामीले चिप्लेघाटको पुल बनेपछि कैलाली चिसापानी जान निकै छोटो हुने बताउनुभयो । उहाँले सुर्खेत सदरमुकाम वीरेन्द्रनगर आएर सामान खरिद गर्नुभन्दा कैलालीको कर्णाली चिसापानी पुग्न छोटो हुने उल्लेख गर्नुभयो ।

कैलालीको मोहन्याल गाउँपालिका–७ पारि कुइनेका कलौरा माझीलाई पनि कुइनेघाटको पुल बनिसकेपछि आउजाउ गर्न सहज हुने जनाउनुभयो । यता र उताका बासिन्दालाई कुइनेघाट र चिप्लेघाटको पुलले धेरै सजिलो बनाउने र विकास निर्माणको काम गर्न पनि सजिलो बनाउने उहाँको भनाइ छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ती पुल कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने विकासको ढोका भएको बताउनुभयो । गोरखापत्रबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -