Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:४७ बिहान
- ADVERTISEMENT -

चौथो डोज खोप आवश्यक पर्ने संकेत

प्रकाशित मिति: २०७८ माघ २७, बिहीबार

530
Shares

न्युयोर्क, बिहिबार, २७ माघ २०७८ । ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउसीले कोभिड १९ को भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन् ।

व्यक्तिको उमेर र उसमा अन्तर्तिहित अवस्थाहरुका आधारमा चौथो बुस्टर डोज दिन सकिने उनको भनाई छ ।

‘मेसेन्जर आरएनए (एमआरएनए) खोप लगाएका व्यक्तिहरुलाई उनीहरुको उमेर र अवस्थाका आधारमा फेरि अर्को बुस्टर डोज आवश्यक पर्न सक्छ,’ फाउसीले भने ।

तेस्रोबाहेक अर्को एउटा खोपको आवश्यकतासम्बन्धी तथ्यांक सञ्चारकर्मीलाई देखाउँदै फाउसीले त्यो एउटा प्रष्ट विषय भएको र त्यसलाई आफूले धेरै नजिकबाट निहालेको बताए ।

यसअघि फाउसीले नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट देखिएपछि विश्वभर पाँच लाख मानिसको मृत्यु भएको बताउँदै यसलाई कोरोनाभाईरस संकटको ‘पूर्ण विकसित महामारीको चरण’ भनेका थिए ।

ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि अमेरिकामा करिब १ लाख जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले मंगलबार जनाएको थियो । यसैबीच अमेरिकामा विभिन्न राज्यमा लागू भएका कोभिड १९ मास्क म्यान्डेटलाई अन्त्य गरिँदैछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -