Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५३:२३ बिहान
- ADVERTISEMENT -

स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु

प्रकाशित मिति: २०७८ माघ २६, बुधबार

348
Shares

काठमाडौँ, माघ २६ गते । गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ ।

निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ । विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्र्मीलाई ‘म्यादी’ मा भर्ना गर्ने तयारी छ ।

गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्था, त्यसका लागि आवश्यक तयारी, सुरक्षा जनशक्ति, परिचालन, मतदान केन्द्र र सुरक्षा अवस्थाका विषयमा गृहकार्य सुरु गरेको हो ।

वैशाख ३० गतेलाई निर्धारित स्थानीय तहको निर्वाचन सुरक्षा, तयारी, बन्दोबस्ती र परिचालनलगायतका विषयमा गृहकार्य तथा छलफल सुरु भएको सहसचिव निरौलाले बताउनुभयो । मतदान स्थल, मतदान केन्द्र र उपमतदान केन्द्रको विवरण सङ्कलन तथा सङ्ख्याका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल भएको छ ।

उहाँले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने निर्णयसँगै मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या, त्यसका लागि आवश्यक सुरक्षा जनशक्ति, जिल्लागत तथा मतदान स्थलको सुरक्षा अवस्था र म्यादी प्रहरी भर्नाका सम्बन्धमा छलफल भएको थप जानकारी पनि दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १० वर्षको अवधिमा अवकाश लिएका पूर्वकर्मचारीको विवरण सङ्कलन गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ । सो सङ्ख्यापछि युवालाई म्यादी सुरक्षाकर्मीका रूपमा भर्ना लिइनेछ । मुलुकका ७७ वटै जिल्लाको सुरक्षा अवस्थाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई राय सुझावका लागि सिफारिस गर्न पत्राचार गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला तथा मतदान स्थल र केन्द्रहरूलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइनेछ । त्यसका लागि आवश्यक बन्दोबस्ती सामग्रीहरू सवारीसाधन, हातहतियार, गोलीगठ्ठा, सञ्चार सेटलगायत सुरक्षा उपकरणको व्यवस्थापनका लागि पनि छलफल भएको जानकारी उहाँले दिनुभयो ।

निर्वाचन सुरक्षामा मतदान स्थल सुरक्षाको पहिलो घेरामा प्रहरी, त्यसपछि म्यादी प्रहरी, सशस्त्र प्रहरी र सेनालाई राखिएको छ । छलफलमा प्रहरीका तर्फबाट कार्यविभाग प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र धानुक, सहायक रथी सञ्जय देउजा र सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा अधिकारी सहभागी हुनुहुन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -