Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५७:५७ दिउँसो
- ADVERTISEMENT -

तत्काल राखेपको बोर्ड बैठक बोलाउन आग्रह

प्रकाशित मिति: २०७८ माघ २१, शुक्रबार

360
Shares

काठमाडौं, शुक्रबार, २१ माघ २०७८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक तत्काल बोलाउन ११ सदस्य र दुई जना कार्यकारी बोर्डका सदस्यसहित १३ जनाले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई बिहीबार संयुक्त निवेदन दिएका छन् ।

राखेप बोर्डमा युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहने व्यवस्था छ । सर्वोच्च अदालतको अन्योलपूर्ण आदेशले राखेपमा कार्यकारी प्रमुखको भूमिकामा रहने सदस्यसचिवको पद रिक्त रहेको दुई महिना बित्न लाग्दा उत्पन्न समस्यालाई केन्द्रित गर्दै उनीहरूले बैठक बोलाउन निवेदन दिएका हुन् ।

गत असार २९ गतेका लागि निर्धारित बोर्ड बैठक प्राविधिक कारणले बस्न सकेको थिएन । त्यसयता राखेपको बोर्ड बैठक बसेको छैन । निवेदन दिने दुई जना कार्यकारी बोर्ड सदस्यमा यकेन्द्र बहादुर कुँवर र नन्दा बस्याल छिन् ।

साथै, बोर्ड सदस्यहरुमा रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रिमबहादुर रानाभाट, सुभाष श्रेष्ठ, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, हरि खड्का, चन्द्र बन्दना राई, सुमित्रा चौधरी र राजेश गुरुङ रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -