२० माघ, स्याङजा । स्कुल अफ डेमेक्रेसीका अध्यक्ष रुद्र ढुङगानाले मास्क वितरण गरेका छन् ।
जन्म दिनको अवसर पारेर समाजसेवी ढुङ्गानाले भिरकोट नगरपालिका वडा नं २ मा अबस्थित श्री दहथुम माध्यमिक विधालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विधाथीहर्रुलाई २५ थान माक्स वितरण गरेका छन् ।
कारोना भाइरसको तेस्रो भेरिएन्ट लाई मध्यनजर गरेर विधार्थीहरुलाई कोरानो बारे जनचेतानामुलक ज्ञान दिएर मास्क वितरण गरेको र विधालयका प्रिन्सिपल बेद प्रसाद अर्याल कक्षा कोठामा आफूसँग गएर विधार्थीलाई मास्क वितरण गर्न मद्दत गरेको र उक्त विधालयका शिक्षकहरुले जन्म दिनको शुभकामना दिएर जन्म दिन भव्य रुपमा मनाएको ढुङ्गानाले बताए ।
साथै ढुङ्गाना सानै उमेरबाट राजनितिमा सक्रिया भएका र अरुबेला पनि दुखी गरिब जनतालाई सहयोग गदै आएका छन् ।








































