Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:१३:२३ बिहान
- ADVERTISEMENT -

बागमती किनार अतिक्रमणको चपेटामा

प्रकाशित मिति: २०७८ माघ २०, बिहीबार

511
Shares

काठमाडौँ, बिहिबार, २० माघ २०७८ । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग-यो तर खाली भने भएनन् ।

समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो तर एक महिनामै बस्ती थप विस्तार भयो ।

पटक–पटक सूचना जारी गरी हटाउने पहल गर्दा पनि असफल भएपछि समितिले दुई चरणमा खाली गर्ने योजना बनाएर काम अघि बढाएको छ । यसअघि पहिलो चरणमा गुह्येश्वरीदेखि गोकर्णसम्म क्षेत्रको नदी किनारका अस्थायी संरचना भत्काइएको थियो । समितिका सूचना अधिकारी कमल अर्यालले भने, “गोकर्णदेखि गुह्येश्वरीसम्मको नदी किनार र कोरिडोरको बीचमा रहेका २६ वटा अनधिकृत अस्थायी संरचना भत्काइएको छ, अब दोस्रो चरणमा तिलगङ्गादेखि थापाथलीसम्मका संरचना हटाउन सूचना जारी भएको छ ।”

माघ २१ गतेसम्म स्थायी प्रकृतिका संरचना हटाउन सूचना जारी भएको छ । तोकिएको समयमा नहटाइए समिति आफैँले हटाउने अर्यालको भनाइ छ । उनका अनुसार तिलगङ्गादेखि थापाथलीसम्म ३१ वटा अनधिकृत स्थायी तथा अस्थायी संरचना रहेको र ती हटाउनका लागि चिह्न लगाइएको छ ।

समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले भने, “नदी किनारका अव्यवस्थित बसोबास थप समस्याका रूपमा वृद्धि भएको छ । विकास निर्माणका काम रोकिएका छन्, पहिलो चरणमा अनधिकृत टहरा भत्काउने छौँ, दोेस्रो चरणमा बस्ती खाली गरिने छ ।” बस्तीले नदीको दायाँ बायाँ किनारमा ढल तथा बाटो निर्माणमा अवरोध भएको उनको भनाइ छ । नदी किनारमा बाढी रोक्न पर्खाल लगाउने काम बस्तीका कारण हुन सकेको छैन । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -