गोरखा, बुधबार, १९ माघ २०७८ । गोरखाको पालुङटारमा भुसुन्डे खोला खुर्पाजुङ लिफ्टिङ खानेपानी आयोजना शिलान्यास गरिएको छ ।

पालुङटार नगरपालिका वडा न. १ खोप्लाङ्गमा पालुङटार बृहत पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा निर्माण गर्न लागिएको भुसुन्डे खोला खुर्पाजुङ लिफ्टिङ खानेपानी आयोजना बिमल ढकालको अध्यक्षतामा, नगर प्रमुख ई. दिपक बाबू कंडेलको प्रमुख आतिथ्यमा उक्त खानेपानीको शिलन्यास गरिएको हो ।

उक्त कार्यक्रममा नगर उपप्रमुख पम्फा बसेल, संघिय खानेपानी तथा ढल व्यवस्थापन लमजुङ्ग प्रमुख देवेन्द्र कुमार झा, नगरशिक्षा अधिकारी बाबुराम काराखेती, वडा १,३ र ४ का वडाअध्यक्ष लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।
आयोजनाको सम्झौता रकम भ्याट सहित रु ४१ करोड १६ लाख ९३ हजार ४ सय १७ रहेको छ ।








































