Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०९:११ बिहान
- ADVERTISEMENT -

म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

प्रकाशित मिति: २०७८ माघ १६, आइतबार

402
Shares

जेनेभा, आइतबार, १६ माघ २०७८ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकोमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

उनले म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी रहेको टिप्पणी गर्दै यसमा संकटको परिमाणसँग मिल्दोजुल्दो तत्काल भावनाको अभाव रहेको बताएका छन् ।

म्यानमारका सैनिक शासकलाई आफ्नै जनताविरुद्ध हिंसा बन्द गर्न र छिटो नागरिक शासन पुनःस्थापित गर्न विश्व नेताहरुले दबाब बढाउनुपर्नेमा उनको जोड छ ।

म्यानमारमा मानवअधिकार र प्रजातन्त्र पुनस्र्थापना गर्न र प्रणालीगत मानवअधिकार उल्लंघन र दुव्र्यवहारका दोषीहरूलाई कारबाही गर्ने सुनिश्चित गर्नको लागि तत्काल कदम चाल्नुको विकल्प नभएकोमा राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ ।

म्यानमारको सेनाले गत वर्ष फेब्रुअरी १ मा सत्ता कब्जा गरी नागरिक सरकारलाई अपदस्थ गर्दै नेत्री आङ साङ सुचीलाई गिरफ्तार गरेको थियो । उक्त कदमको विरोधमा म्यानमारका जनताको विद्रोह जारी छ । यस क्रममा सेनाले गरेको रक्तपातपूर्ण कारवाहीमा सयौंले ज्यान गुमाएका छन् ।

अझैपनि हजारौं नागरिकलाई सरकारको विरोधमा लागेको आरोपमा सेनाले हिरासतमा राखेको छ । -एएफपी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -