Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२३:५२ बिहान
- ADVERTISEMENT -

अस्पतालको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको पत्रकार महासंघको निष्कर्ष

प्रकाशित मिति: २०७८ माघ १५, शनिबार

575
Shares

काठमाडौं, शनिबार, १५ माघ २०७८ । नेपाल पत्रकार महासंघले अस्पतालको लापरवाहीकै कारण पत्रकार एलबी विश्वकर्माको निधन भएको निष्कर्ष निकालेको छ ।

महासंघका केन्द्रीय सदस्य एवम् अध्ययन समितिका संयोजक रामकृष्ण अधिकारीले शुक्रबार महासंघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरवाही मुख्यकारण रहेको औंल्याएका छन् ।

महासंघले पाटन अस्पतालसमेत संवेदनशील अवस्थामा अस्पताल पु¥याइएका बिरामीलाई गम्भीरतापुर्वक लिएर उपचार नगरेको ठम्याएको छ । महासंघले उनको निधनलाई सरकारी स्वामित्वका अस्पतालमै सेवाग्राहीमैत्री सुविधा नहुनुको परिणाम भएको जनाएको छ ।

‘स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो । तर, अरुको अधिकारकोलागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट बञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद हो,’ महासंघले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हो ।’

महासंघले सरकारी अस्पतालको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको भन्दै उनको परिवारलाई उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेको छ । मृतक परिवारलाई महासंघले ५० हजार रुपैयाँ राहतको घोषणा गर्दै विश्वकर्माका श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र साढे ३ वर्षको छोराको उच्च शिक्षासम्मको जिम्मेवारी उनी कार्यरत रहेको सञ्चार गृह र सरकारले लिनुपर्ने बताएको छ ।

महासंघले सरकारले सरकारी अस्पतालमा पटक–पटक पत्रकारहरुको निःशुल्क उपचार हुने भनी घोषणा गरेपनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको बताएको छ । ‘घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनकालागि महासंघ सरकारसँग आग्रह गर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

अछाम घर भई काठमाडौंमा कार्यरत विश्वकर्मा टिभी टुडेमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत थिए । सुरुमा कोभिडको लक्षण देखिए पनि आर्थिक अभावका कारण परीक्षण नगरी घरेलु उपचार गरेका उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल पुग्दा उपचारमा संलग्न चिकित्सकले कोभिडको शंकास्पद बिरामीको रुपमा लिएका थिए । तर, उनीसँग उपचार गराउने आर्थिक अभाव भएको बुझेपछि सिभिल अस्पतालले उपचारमा लापरवाही गरेको महासंघको ठहर छ । सिभिलपछि उनलाई उपचारका लागि पाटन पुर्याइएको थियो । माघ ६ गते विहान उपचारकै क्रममा पाटन अस्पतालमा विश्वकर्माको निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -