Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०२:३२ बिहान
- ADVERTISEMENT -

सांसद बापत पाएको तलव र भत्ता जनताको सेवामा लगाउने सांसद दवाडी को हुन् ?

प्रकाशित मिति: २०७८ माघ १२, बुधबार

504
Shares

माघ १२, काठमाण्डौं



गोरखाको क्षेत्र नम्बर २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् प्रकाशचन्द्र दवाडीले १ वर्षयता गरेको आफ्नो खर्च सार्वजनिक गरेका छन् ।
मेरो राजनीति तपाइको सेवाका लागि, मेरो राजनीति समाजको टेवाको लागि’ भन्ने मूल नारा अघि सारेर हिँडेका उनले नारा बनाए जस्तो काम पनि गर्दै आएका छन् । उनले आज पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्लो वर्षको पौष देखि हालसम्म सांसद बापत आएको तलव र भत्तालाई समाजसेवामा लगाएको स्पष्ट पारेका छन् ।

उनले संसद् भए बापत पाएको ७ लाख ८२ हजार ३ सय ५६ रुपिँयामा थपेर जम्मा १३ लाख ६३ हजार ८ सय रुपिँया विभिन्न सामाजिक सेवामा खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । गण्डकी प्रदेशका संसदीय दलका प्रवक्ता र पार्टीका प्रदेश कार्यसमितिका सदस्य समेत रहेका उनले सांसदमा निर्वाचित हुनेबित्तिकै आफूले पाउने तलवभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए । उनले विभिन्न व्यक्ति, संघसंस्था, क्लव, आमा समूह, महिला समूह गरी एक वर्षभित्रमा ३१ संघसंस्थालाई सहयोग गरेको स्पष्ट पारेका छन् ।

उनले आफ्नो क्षेत्रमा कसैलाई अप्ठ्यारो परेको बेला सधैं सहयोग गर्दै आएका छन् । उनले कसैलाई पनि दुःख परेको हेर्न नसक्ने भएकाले आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्दै आएको जनाएका छन् । उनले किरियामा बसेका नागरिकलाई किरिया खर्च पनि दिएका छन् भने जाडोमा कपडा लगाउन नसक्नेलाई आफ्नै ज्याकेटसमेत फुकालेर लगाइदिएका छन् । पत्रकार सम्मेलनमा उनले आफू सुरुदेखि नै भ्रष्टाचार र अनियमितताको विपक्षमा बोल्दै आएको बताएका छन् । मैले कमाउनलाई राजनीति गरेको होइन, केही दिन सकौं भनेर लागिरहेको छु’ उनले भने ।

भोलि कुनै स्वार्थ राखेर अहिले सेवा गरेको हो कि भनेर भ्रममा नपर्न आग्रह गर्दछु ।’ उनले पार्टीले आगामी दिनमा दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनले कोरोना संक्रमणका बेला आफूले गरेका कामको विवरण सुनाएका छन् । मास्क, सेनिटाइजर वितरणका साथै अक्सिजन मेशिन ल्याउने र व्यवस्थापन गर्ने लगायतका कुरामा पनि उनले सक्रियता देखाएका थिए । उनले कोरोना संक्रमितलाई अस्पतालमा बेड मिलाइदिने मात्र गरेनन् खर्चको अभावमा उपचार गर्न नसकेकालाई आर्थिक सहयोग पनि गरे ।

उनले संविधान अनुसार निर्वाचन समयमा नै हुनुपर्नेमा पनि जोड दिए । देश बिगार्ने र देश बनाउने नेताहरु नै भएकाले नेताहरु र राजनीतिक दल जनताप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -