Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:३६ बिहान
- ADVERTISEMENT -

१९ वर्षको उमेरमा विमानबाट एक्लै संसार घुम्ने पाइलट जारा

प्रकाशित मिति: २०७८ माघ ११, मंगलबार

320
Shares
Mandatory Credit: Photo by Isopix/Shutterstock (12768686av) British pilot Zara Rutherford, 19 years old, lands at Kortrijk - Wevelgem Airport after after a round the world trip in a light aircraft, becoming the youngest female pilot to circle the planet alone. Youngest Woman Solo Flight World Record Attempt, Wevelgem, Belgium - 20 Jan 2022

एजेन्सी । एक १९ वर्षीया महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर संसारभर यात्रा गरेकी छन् । आफैँले विमान चलाएर विश्व घुम्ने उनी सबैभन्दा कम उमेरकी महिला बनेकी छिन् ।

ती हुन्, जारा रदरफोर्ड । बेल्जियमको राजधानी ब्रसेल्समा जन्मेकी रदरफोर्डले खराब मौसमका कारण निर्धारित समयभन्दा दुई महिना ढिलो आफ्नो यात्रा पूरा गरिन् । उनको विमान आफ्नो लक्ष्य पूरा गरी बेल्जियमको कोर्टरिजक-वेभेलगेम अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न सफल भयो।

सुपरलाइट विमानबाट गरेको यो यात्रामा उनी एक महिना अलास्काको नोम र ४१ दिन रसियाको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि रोकिनु पर्यो ।

न्यानो स्वागत
बेल्जियम फर्किएपछि उनलाई विमानस्थलमा परिवार, पत्रकार र समर्थकले न्यानो स्वागत गरेका थिए । उनको विमानसँगै बेल्जियमको रेड डेभिल्स एरोबेटिक डिस्प्ले टोलीका चारवटा विमान पनि त्यहाँ अवतरण गरेका थिए ।

विमानबाट ओर्लिएपछि उनलाई बेलायत र बेल्जियमको झण्डामा बेरियो । ‘यो साँच्चै पागल अनुभव भएको छ। म विश्वास गर्न सक्दिनँ,’ उनले पत्रकारहरूलाई भनिन् । पत्रकार सम्मेलनमा उनले ५१ हजार किलोमिटर उडानको चुनौती पूरा गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।

उनले भनिन्, ‘यात्रामा सबैभन्दा ठूलो कठिनाइ साइबेरियामा आयो। त्यहाँ धेरै जाडो थियो। यदि इन्जिन त्यहाँ रोकिएको भए बाँच्न धेरै गाह्रो हुनेथियो। म आफ्नो अनुभव मानिसहरूलाई बताउन चाहन्छु। साथै म चाहन्छु कि मानिसहरूलाई थाहा छ मलाई मेरो जीवनमा केहि रोमाञ्चक चीजहरू गर्न प्रोत्साहन दिनुहोस्।’

जाराले थपिन्, ‘तपाईसँग मौका छ भने त्यसो गर्नुहोस्।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -