काठमाडौँ, सोमबार, १० माघ २०७८ । रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाद्वारा आज जंगी अड्डामा स्वागत कार्यक्रम आयोजना गरिएको छ ।
जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव किरणराज शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो ।
साथै, उक्त कार्यक्रम पूर्व उहाँले प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट समेत गर्नु भएको थियो । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








































