Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५२:३३ बिहान
- ADVERTISEMENT -

जोरबिजोरका कारण सार्वजनिक यातायातमा झनै भिड

प्रकाशित मिति: २०७८ माघ १०, सोमबार

436
Shares

काठमाडौँ, सोमबार, १० माघ २०७८ । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ ।

विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड कम गर्न भन्दै उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भने झन् भिड बढेको यातायात व्यवसायी तथा यात्रुहरू बताउँछन् ।

सामान्यतयाः दिउँसोको समयमा भिडभाड नदेखिए पनि बिहान कार्यालय समय र साँझको समयमा सार्वजनिक यातायातमा यात्रुहरूको चाप धेरै देखिएको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेमा कारबाही हुने भएकाले व्यवसायीले ट्राफिकको उपस्थिति न्यून नरहने ठाउँमा सिट क्षमताभन्दा बढी यात्रु राखे पनि ट्राफिक प्रहरीको उपस्थिति हुने मुख्य सडकमा भने कारबाहीको डरले सिट क्षमताभन्दा बढी यात्रु नराखेपछि यात्रुहरूले लामो समय सार्वजनिक बस कुरेर बसेको समेत पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भिड बढे पनि आफूहरूले निर्णयको कार्यान्वयन गर्ने मात्र जिम्मा रहेको बताएको छ । महाशाखाले सिट क्षमताभन्दा बढी यात्रु राख्नेमाथि नियमित रूपमा कारबाही गर्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -